दफा ४
मनसायपत्र आह्वान गर्न सक्ने
(१) नेपाल सरकारले यस ऐन बमोजिम दुई करोड रुपैयाँभन्दा बढी लागतको कुनै परियोजना कार्यान्वयन गर्न उपयुक्त देखेमा तोकिएका कुराहरु खुलाई सार्वजनिक रुपमा सूचना प्रकाशन गरी मनसायपत्र आह्वान गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम मनसायपत्र पेश गर्न चाहने व्यक्तिले देहायका विवरणहरु खुलाई सोही उपदफा बमोजिम प्रकाशित सूचनामा उल्लिखित समयावधिभित्र नेपाल सरकार समक्ष मनसायपत्र पेश गर्नु पर्नेछ ः–
(क) मनसायपत्र पेश गर्ने व्यक्तिको नाम र ठेगाना,
(ख) मनसायपत्र पेश गर्ने व्यक्तिको परियोजना कार्यान्वयन गर्न सक्ने आर्थिक तथा प्राविधिक हैसियत,
(ग) पूर्वाधार संरचना निर्माण तथा सञ्चालन सम्बन्धी अनुभव,
(घ) तोकिए बमोजिमका अन्य विवरण ।